कैलालीमा मोटरसाइकल दुर्घटना, तीन जना घाइते

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका-२ आमबगिया चोकको भित्रि सडक खण्डमा रामपुरबाट झिल चौराह आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१०११ प ८७२९ नम्बरको मोटरसाइकल गएराति ९ः४० बजे दुर्घटना भएको हो।

१८ वर्षीय अमिन शाहीले चलाएको उक्त मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाईते भएका छन्। घाइते हुनेमा चालक र पछाडी सवार ८ वर्षीय बालक प्रज्वल चौधरी, १७ वर्षीय सुमित चौधरी रहेको प्रहरीले जनाएको छ। घाइते २ जनाको डिके मेमोरियल अस्पताल चौमला र चालक शाहीलाई निसर्ग अस्पताल धनगढी रिफर गरिएको प्रहरीले बताएको छ। मोटरसाइकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय चौमालाको नियन्त्रणमा रहेको छ। 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार