यस्तो रहनेछ आजको मौसम !

धनगढी : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा सोमबार पनि हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार मंगलबारसम्म देशभरि पानी पर्ने सम्भावना छैन।

बुधबार भने देशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार