सन्न्यास पछिको पहिलो खेल खेल्दै पारस

कैलाली- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्दैछन् । यो उनको सन्न्यास पछिको पहिलो खेल हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) कोसचिव समेत रहनुभएक पारसले ३० महिनाअघि सक्रिय खेलाडीबाट सन्यास लिए पनि रुपन्देहीमा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न लाग्नुभएको हो । मैदान उद्घाटनको क्रममा चार टोलीबीच टी–१० प्रतियोगिता आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । उद्घाटन फागुन १४ गते हुनेछ ।

Dengue

उक्त अवसरमा सोही मैदानमा नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपाली टोली, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबिच क्रिकेट प्रतियोगिता हुनेछ । पूर्व कप्तान पारसले सन् २०१४ टोलीको कप्तानी गर्नुहुनेछ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार