विवाहको १२ वर्षपछि अलग भए इशा र भरत

कैलाली- बलिउड अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी जेठी छोरी इशा देओलको व्यक्तिगत जीवन एक महिना यता चर्चाको विषय बनेको छ । इशाको १२ वर्षे वैवाहिक जीवन टुङ्गिने चर्चा परिचर्चा भइरहँदा उक्त चर्चाले आधिकारिकता पाएको छ ।

मंगलबार इशा र उनका पति भरत तख्तानीले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै आपसी सहमतिमा वैवाहिक जीवन टुङ्ग्याएको बताएका छन् । ‘हामी आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौँ । हाम्रो जीवनमा यो परिवर्तनको माध्यमले हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्त्वपूर्ण छ र हुनेछ । हामी यो कुराको सराहना गर्नेछौँ कि हाम्रो गोपनीयताको सम्मान गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

Dengue

इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । यो जोडीको दुई छोरी राध्या र मियारा छन् । राध्या सन् २०१७ मा र मियारा सन् २०१९ मा जन्मिएका हुन् ।

इशा पछिल्लो केही समय अभिनयबाट टाढा छिन् । यद्यपि उनले लामो समयपछि ओटिटीमार्फत कमव्याक गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘एक दुआ’ले ६९ औँ नेशनल अवार्डमा फिचर विधामा स्पेसल मेन्सन अवार्ड पाएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार