नेशनल लाइफ इन्स्योरेन्सको नाफा बढेर साढे २५ करोड पुग्यो, इपिएस कति ?

धनगढी -नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १६.९१ प्रतिशतले बढेको देखिएको छ । 

कम्पनीले समीक्षा अवधिमा २५ करोड ५१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा २१ करोड ८२ लाख रुपियाँ नाफा कमाएको थियो ।

Dengue

चालू आवको ६ महिनामा कम्पनीको खुद आर्जित बीमाशुल्क ९.९९ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १२.३३ प्रतिशत बढेको छ । त्यसैगरी, कुल आम्दानी १२.२२ प्रतिशत र कुल खर्च ११.७९ प्रतिशतले बढेको छ ।

त्यस्तै, नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २८ पैसा बढेर १०.१८ रुपियाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात ५९.२२ गुणा र प्रतिशेयर नेटवर्थ १३२.२१ रुपियाँ रहेको छ ।

५ अर्ब १ करोड १६ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको शेयर प्रिमियममा २ करोड ७८ लाख रुपियाँ र महाविपत्ति कोषमा ४९ करोड ६३ लाख रुपियाँ सञ्चित छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार