दाङमा पिकअप जीप लियो सुनिलको ज्यान

धनगढी- दाङमा शुक्रवार पिकअप जीपले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका– ८ बिजौरी बस्ने २७ वर्षीय मोटरसाइकल चालक सुनिल चौधरी छन् । यस्तै रुपन्देहीको सुद्वोधन गाउँपालिका– २ निवासी २४ वर्षका जीप चालक आशबिन सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय, दाङले लोकान्तरलाई जानकारी दिएको छ ।

Dengue

राप्ती गापा– ५ दोलै खोलास्थित पूर्व–पश्चिम राजमार्गमा रोल्पाबाट लमहीतर्फ जाँदै गरेको बा१८च ८६१८ नम्बरको पिकअप जीपले दिशा नखुलेको लु३२प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जसबाट मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए । उपचारका लागि लमही अस्पताल पठाइएकोमा शुक्रवार राति ११ बजे उनलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यस्तै जीप चालक सुनारको दाहिने आँखामा चोट लागेको छ । उनलाई थप उपचारका लागि आँखा अस्पताल, भैरहवा रिफर गरिएको छ ।दुर्घटना भएका दुवै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय, सिसहनियामा राखिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार