रानी जमरा सिँचाई आयोजनामा विद्युत् उत्पादन सुरु

धनगढी- राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाई आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ। २०८० साल माघ १६ गते रातिबाट उत्पादन सुरु भई लम्कीस्थित १३२ केही प्रसारण लाइनमा जोडिएको हो।

जानकी गाउँपालिका ९ कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन करिब छ किलोमिटर टाढाको लम्की स्टेसनमा पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। परीक्षणका क्रममा साढे एक मेगावाट उत्पादन भएको विद्युत् प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिए। रानीजमराको पूरै उत्पादन भएका तीन वटा टर्बाइनको सहायताले ४ दशमलव ७१ मेगावाट विद्युत् निरन्तर उत्पादन हुनेछ।

Galaxy

२०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पुर्‍याएपछि पुनर्निर्माणमा ढिलाई भएको हो। दुई अर्बको लागतमा विद्युत् आयोजना बनेको छ। एक अर्ब पाँच करोड रुपियाँ विद्युत् गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपियाँ यस वरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भैरहेको छ।

रानी जमरा कुलरिया आयोजना आर्थिक वर्ष २०६६ र ६७ सालमा सुरु भएको थियो। यसबाट शाखा नहर र नदीहरूमा तटबन्धको निर्माण कार्य जारी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार