मृतकका परिवारका ११ बुँदे माग पत्र :शहीद घोषणादेखि परिवारका एकजनालाई रोजगारीसम्म

काठमाडौं- बालकुमारी घटनामा मृत्यु भएका दुईजना वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न माग गरिएको छ ।

शनिवार मृतकका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरिएको हो ।

dashain shuvakamana
Discovery School

कोरियन भाषा परीक्षाका सम्बन्धमा असन्तुष्टि जनाउँदै भएका आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो ।

मृतकका परिवारले ११ बुँदे माग पत्र प्रधानमन्त्रीलाई बुझाउँदै उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।

यस्तै आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनिती गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ ।आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई निः सर्त रिहा गर्न पनि मृतकका परिवारले माग गरेका छन् ।

घटनास्थलको सिसिटिभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

पीडित परिवारको तर्फबाट मृतकका सुजन रावतका मामा टेकबहादुर कटुवालले प्रधानमन्त्रीलाई सो माग पत्र बुझाएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार