नेपाल सुपर लिग : धनगढीलाई हराउँदै ललितपुर बन्यो च्याम्पियन

काठमाडौँ – १० खेलाडीमा सीमित धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा ललितपुर ३–२ गोलले विजयी बनेको हो ।

खेलमा अग्रता भने धनगढीले लिएको थियो । खेलको ३८ औँ मिनेटमा ओलावाले अफिजले धनगढीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा इमोह इजेकेइलले ललितपुरका लागि बराबरी गोल फर्काए ।

Dengue

दोस्रो हाफमा आक्रामक खेलको प्रदर्शन गरेको ललितपुरले ५० औँ मिनेटमा दिनेश हेनजानको गोलको मद्दतले अग्रता लियो । आठ मिनेटपछि इजेकेइलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरको अग्रता फराकिलो बनाए । 

खेलको ८० औँ मिनेटमा रिचार्ड आग्येमाङले दोस्रो पहेँलो कार्ड खाएपछि धनगढी १० खेलाडीमा सीमित बन्यो । यसका बावजुद खेलको इन्जुरी समयमा धनगढीका अहमद हिजाजीले एक गोल फर्काएका थिए । तर बराबरी गोल फर्काउन निकै ढिला भइसकेको थियो ।

त्यसपछि कुनै गोल हुन सकेन र खेल ललितपुरले खेल आफ्नो पक्षमा पार्न सफल भयो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । पहिलो संस्करणको विजेताले ३५ लाख रुपैयाँ पाएको थियो भने यस सिजन भने उपाधिको रकम दोब्बर बनाइएको छ । पहिलो संस्करण काठमाडौँले जितेको थियो ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार