युक्रेनमा रुसद्धारा बम आक्रमण : ३० जनाको मृत्यु, १६० घाइते

धनगढी–युक्रेनले रुसले गरेको अहिलेसम्मकै ठूलो मिसाइल बम आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ।

रुसले शुक्रबार बिहानै युक्रेनको राजधानी किभ, ओडेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गरेको थियो। यस आक्रमणमा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।युक्रेनी वायुसेनाका प्रवक्ताले एकैपटक यति धेरै मिसाइल आक्रमण आफूले कहिल्यै नदेखेको बताएका छन्।

dashain shuvakamana
Discovery School

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले आफ्नो हतियार भण्डारबाट लगभग सबै प्रकारका हतियार प्रयोग गरेको बताएका छन्। उनका अनुसार रुसले घर र अस्पताललाई पनि निशाना बनाएको छ। युक्रेनी वायुसेनाका प्रवक्ताले रुसले आक्रमणका लागि हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरेको जसलाई रोक्न गाह्रो भएको बताएका छन्।

वायुसेनाले १५८ क्षेप्यास्त्र र ड्रोनमध्ये ११४ वटा खसालिएको जनाएको छ। जहाँ जहाँ मिसाइल हमला भएको छ, त्यहाँ कालो धुवाँ निस्किरहेको छ। बीबीसी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार