प्रदेश मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग मागे अधिकार

काठमाडौं – सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण गराएका छन् । संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग राखिरहेका उनीहरुले बिहान प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

संघियता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नको लागि आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार हेटौँडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको ९ बुँदे साझा पत्र बोकेर काठमाडौं आएका मुख्यमन्त्रीले साझा पत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन् ।

Dengue

९ बुँदे साझा पत्र कार्यान्वयन नभए थप संघर्षका कार्यक्रम गर्ने सातै प्रदेशका मुख्यमन्त्रीले चेतावनी दिएका छन् । उनीहरुले पोखरामा बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै बैठकले विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार