जब धामीको मोटरसाइकल आगनबाट चोरी भयो

धनगढीः चोरी भएको एक थान मोटरसाइकल खोजेर प्रहरीले सवारी धनीलाई जिम्मा लगाएको छ। विहिवार विहान धनगढी उपमहानगरपालिका–१२ कम्पनी टोलका २८ वर्षीय धनराज धामीको मोटरसाइकल चोरी भएको थियो।

यामाहा एमटी–१५ बीएस–६ ब्ल्याक ओरेन्ज कम्पनीको मोटरसाइकल चोरी भएको थियो। बागमती प्रदेश बागमती प्रदेश ०२–०४७ प ३२३५ नम्बरको १५५ सिसिको मोटरसाइकल चालकको घरको आगनमा पार्किङ् गरी राखेको अवस्थामा चोरी भएको जानकारी प्रहरीले प्राप्त गरेपछि खोजीकार्य गरेको हो।

dashain shuvakamana
Discovery School

अस्थाई प्रहरी पोष्ट जुगेडाबाट प्रहरी गस्ती टीलीले विहिबार विहान नै चोरी भएको मोटरसाइकल खोजेर अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी नायव निरीक्षक राजेन्द्र बमले मोटरसाइकल धनीलाई बुझाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार