पाँच  महिनामा ६ हजार बढी पर्यटक,एकपटक घुम्नै पर्ने रारा (फोटो फिचर)

धनगढी-कर्णाली प्रदेशकै मुख्य पर्यटकीय स्थल रारामा साउन यता पाँच महिनाको अवधिमै ६ हजार दुई सय पर्यटक रारा घुम्न आएका छ्न । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ देखि मंसिर मसान्तसम्म आन्तरिक पर्यटक ६ हजार ७५, सार्क मुलुकका २६ जना र अन्य विदेशी ९९ सय जना गरी पाँच महिनामा ६ हजार २ सय पर्यटकले रारा भ्रमण गरेका हुन् ।

रारा राष्टिय निकुञ्ज कार्यालयका सुचना अधिकारी जयहरि धितालका अनुसार पाँच महिनाभित्र ६ हजार दुई सय पर्यटकले रारा भ्रमण गरेका छ्न । यस वर्ष रारामा आन्तरिक तथा बाह्य पर्यटक आगमनको संख्या आशालाग्दो हिसावले वृद्धि भएको उनको भनाइ छ ।

Dengue

दसैं तिहार बिदाको मौका पारी आन्तरिक पर्यटक रारामा घुम्न बढी आएका छ्न । पाँच महिनाभित्र पर्यटकबाट करिब १८ लाख राजश्व असुली भएको कार्यालयले जनाएको छ । गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना तथा अन्य विदेशी एक सय ८३ जना पर्यटक आएका थिए । कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र रारामा यो वर्ष पर्यटक आगमनको संख्या बढ्ने देखिएको छ ।

निकुञ्ज कार्यालयले रारा भ्रमणमा आउने आन्तकि पर्यटकबाट प्रतिव्यक्ति एक सय सार्क मुलुकका पर्यटकबाट प्रति व्यक्ति एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ ।
हवाई मार्गबाट र सडक यातायातबाट पर्यटकहरू रारा घुम्न आउने गरेका छ्न् ।

सडक यातायात र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्यरुपमा वृद्धि हुन नसकेको पर्यटन व्यवसायी गुनासो गर्छन् । रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुबिधायुक्त प्रयाप्त होटल र मनोरञ्जनका साधन समेत प्रयाप्त छैनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार