अदालतगभर्नर अधिकारी विरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ हुदैं

धनगढी- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन्। यो रिटको सुनुवाइ आजका लागि तोकिएको छ। 

गभर्नर बन्न स्नातकोत्तर तह उत्तीर्ण गर्नुपर्ने कानूनी व्यवस्था छ। अधिकारीसँग यो शैक्षिक योग्यता नरहेको रिटमा दाबी गरिएको छ।

अधिकारी चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको र त्यो स्नातकोत्तर सरह नभएको रिटमा जिकिर गरिएको छ। उनलाई २०७६ चैतमा गभर्नर नियुक्त गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार