भारतीय ‘सार्प सुटर’ लाई गोली हानी प्रहरीद्धारा नियन्त्रण

धनगढी- बारा प्रहरीले एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका ३२ वर्षीय सुजितकुमार सिंह रहेका छन्।

बाराको विश्रामपुर गाउँपालिका-३ बाट गएराति ८ बजे सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए। सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो।

SHIKHAR COOL TECH

दुवै खुट्टामा गोली लागेका सिंहको कलैया अस्पतालमा उपचार भइरहेको छ। उनको साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसमेत बरामद गरेको छ।

सिंह बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्यामा संलग्न रहेको प्रहरीको भनाइ छ। गत कात्तिक १३ गते प्रिन्सिपल स्वर्णकारको हत्या भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार