आरती साह मृत्यु प्रकरणमा पति मोतीबाबु साह पक्राउ

Call24News

धनगढी -आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ । करिब ११ बजे जनकपुरधामको सीताचोकस्थित सनुन होटेलबाट उनलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक ९एसपी० मित्रबन्धु शर्माले जानकारी दिए ।

उनलाई आवश्यक प्रक्रिया पुर्याएर कारागार चलान गरिने एसपी शर्माले बताए । गत मंसिर २० गते सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यसअघि १८ असोजमा उच्च अदालत जनकपुरले उनीसहित उनका बुबा मदनमोहनलाई समेत साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो । जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

Dengue

आरती गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक स्थित आो्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई परिवारजले उपचारका लागि भन्दै काव्या अस्पताल लगेपछि प्रहरीले थाहा पाएको थियो ।
माइती पक्षले आरतीको दाइजोको कारण श्रीमान् र ससुराले हत्या गरेको आरोप लगाउँदै आएको छ । आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् ।

धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिट माथिको सुनुवाइपछि सर्वोच्चले आरतीका श्रीमानलाई थुनामा पठाउन आदेश दिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार