क्रिसमसले समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरोस् : राष्ट्रपति पौडेल

Call24News

काठमाडौं :राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको क्रिसमस पर्वले समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। ‘क्रिसमस डे’को अवसरमा शुभकामना दिँदै उनले नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका हुन्।

इसाई धर्मका अनुयायीहरूद्धारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवम् साँस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यो पर्व मनाउने गरिएको छ ।

dashain shuvakamana
Discovery School

राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ,‘यस्ता चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार