चीनमा पुनः कोरोना : अक्टोबरमा २४ जनाको मृत्यु

बेइजिङ: चीनमा पुनः कोरोना सङ्क्रमण फैलिएको छ । अक्टोबर महिनामा चीनमा सङ्क्रमणका २०९ वटा केसहरू देखापरेका हुन् ।

यस दौरान सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि चिनियाँ अधिकारी हरले उनीहरूको मृत्यु कोरोनाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्याबाट नभएको स्पष्ट पारेका छन् ।

यी मृत्युहरू कोरोना र अन्य रोगका कारण भएको र यसमा कोरोना सङ्क्रमणबाट जिम्मेवार नभएको उनीहरूको भनाई छ । चीनमा पछिल्लो वर्ष डिसेम्बरमा कोरोना सङ्क्रमण बढेको थियो ।

त्यतिबेला चीनका स्वास्थ्य अधिकारीहरूले केही महिनाभित्र ८० करोड मानिस कोरोनाबाट सङ्क्रमित भएको आशङ्का जताएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार