चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव आज नेपाल आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन्।

नेपालको पाँचदिने भ्रमणका लागि उनी आज काठमाडौँ आइपुग्ने भएका हुन्। उनले आजैदेखि उच्चस्तरीय भेटवार्ता गर्ने तालिका छ।

Seti Hospital

उनले पहिलो दिन आज दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ।

यस्तै बिहीबार बिहान उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ।

सोही दिन बिहान ११ बजे उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

अघिल्लो महिना प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा तिब्बतमा उनलाई वाङले नै स्वागत गरेका थिए।

सोही क्रममा दुई पक्षीय सम्बन्ध र हितका मामिलामा कुराकानी भएको थियो।

भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले उनलाई नेपाल भ्रमण गर्न निम्तो दिएका थिए। सोही निम्तो स्वीकार गर्दै उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार