विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दै

काठमाण्डौ : आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दैछन् । खेल दिउँसो सवा २ बजे दिल्लीमा हुनेछ ।

अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्काले ७ खेलमा २ मा मात्र जित निकालेर ४ अङ्क जोडेको छ । यस्तै, पुछारभन्दा माथि रहेको बङ्लादेशको मात्र दुई अङ्क छ । बङ्लादेशले ७ खेलमा मात्र एक खेल जितेको छ । गएराति सकिएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गर्यो ।

Dengue

कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायो । तीन सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ ओभर एक बलमा ८३ रन मात्रै बनाएर अलआउट भयो । जारी विश्व कपमा भारतको यो लगातार आठौँ जित हो ।

भारत १६ अङ्कसहित शीर्ष स्थानमा छ । भारत शीर्ष स्थानमा रहेरै सेमिफाइनलमा पुग्ने पक्का भएको छ । भारत सेमिफाइनलमा भने यसअघि नै पुगिसकेको थियो । दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुगिसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार