भूकम्पपीडित भन्छन्– ‘भाग्यले बाँचे’

खजुरा । जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन् । उनी गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए । उद्धारपछि कार्कीले भने, “भाग्यले बाँचे ।” दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासी भूकम्प गएको र ब्युँझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर गल्र्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उनले सुनाए ।

घाइते कार्कीले आफ्ना दुःख सुनाउँदै भने, “एक्कासी भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो । रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ । आधा घण्टापछि भतिज मन्दीप कार्की आयो । राति साढे १ बजे अस्पताल पुगेँ ।”

Dengue

काका एक्कासी चिच्चयाएको आवाज सुनेर म दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताए । उनले भने, “म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पुर्‍याऔँ र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ, डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगञ्ज सिफारिस गर्नुभयो ।”

मन्दीपले काकालाई आज बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याइपुर्याएका हुन् । घाइतेमध्ये विमलकुमार नै पहिलो बिरामी उपचारमा आएका अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकले परीक्षण गर्दा विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ । २२ वर्ष पुरानो दुईतले कच्ची घरले झनै ज्यान बचाएको घाइते उनले बताए ।

विमलकुमारको घर नजिकै ससुरालीमा रहेकाले श्रीमती र तीन छोरी बाँचेको बताए । आज राति घरमा उनी एक्लै थिए । श्रीमती र छोरी ससुराली गएकाले बाँचे नत्र घटनामा परेर बाँच्थेन होला विमलकुमारले भने ।

भगवानले हाम्रो परिवारलाई जोगाएको घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंहले बताइन् । उनले आफू घटनाको बारेमा थाहा पाउनैबित्तिकै श्रीमानलाई खोज्दै जाजरकोट अस्पताल पुगेको बताइन् । उनले भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको सुनाइन् । उनी बसेको घर भूकम्पले सामान्य भत्किएको र चिरा परेको छ ।

चन्द्रसिंहले घटनालाई सम्झेर यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला भनेर प्रश्न गरे । जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ ।

हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले बताए । उनका अनुसार ३२ घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ । अस्पतालका मेसु डा।रायमाझीले अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै घाइते सबैको निःशुल्क उपचार भइरहेको बताए ।

भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ ।

भूकम्पपीडितका लागि राहत सङ्कलन

जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि राहतस्वरुप बाँकेमा सहयोग सङ्कलन अभियान सुरु भएको छ । बाँकेका चारवटा स्थानीय तहले रु १० लाख बढीको सहयोग गर्ने निर्णय गरेका छन् ।

स्थानीय तहहरूले खाद्यान्न र गैरखाद्य सहयोगसँगै स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने निर्णय गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पालिकाले गर्ने सहयोगबारेमा निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले रु चार लाख बराबरको खाद्यान्न, त्रिपाल, झुलसहित सामग्री र मेडिकल टिम परिचालन गर्ने भएको छ । कोहलपुर नगरपालिकाले रु दुई लाख बराबरका औषधि र खाद्यान्न उपलब्ध गराउने जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाले रु एक लाख बराबरको औषधि, रु ५० हजार बराबरको खाद्यान्न र एक जना चिकित्सकसहित स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने भएको छ । राप्तीसोनारीले २० थान कम्बल र २० थान त्रिपाल सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए ।

खजुरा गाउँपालिकाले रु तीन लाख बराबरको औषधि सहयोग गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्बल उपलब्ध गराउने, केमिकल एण्ड मेडिकल एशोसिएसन सप्लायर्स सर्जिकल प्रालिबाट तीन सय ५० केजी चिउरा र नौ सय प्याकेट चाउचाउ उपलब्ध गराएको छ ।

यसैगरी केयर नेपाल र एडब्लुओ संस्थाको सहयोगमा दुई सय परिवारका लागि त्रिपाल, दुई सय परिवारका लागि त्रिपाल, म्याट्रेस कम्बल सहयोग गर्ने, नेपालगन्ज ग्रिन सिटीकातर्फबाट २५ बोरा चामल, दुई सय किलो चिउरा र ४० पेटी चाउचाउ सहयोग गरिएको छ ।

यी सबै सामग्रीलाई राँझास्थित मानवीय सहायता कक्षमा सङ्कलन गर्ने र घाइते लिएर आएको हवाईजहाज ९हेलिकोप्टर०मार्फत पीडितसमक्ष पठाउने तयारी भएको प्रजिअ पोखरेलले बताए ।

‘भूकम्पपीडितको उद्धार र राहत जरुरी’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भूकम्पपिडितको उद्धार र उपचारमा कुनै पनि कसर बाँकी राख्न नहुने कुरामा जोड दिएका छन् । राप्रपा नेपाल बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राज्यले आफ्नो सम्पूर्ण शक्ति भूकम्पपीडितको उद्धार, उपचार र राहत वितरणमा लगाउनुपर्ने भन्दै उनले प्रधानमन्त्री तत्काल घटनास्थलतर्फ पुग्नु सकारात्मक काम भएको बताए ।

अध्यक्ष थापाले भने, “सरकारको पहिलो कर्तव्य पीडितको उद्धार र उपचार रहेको छ, यो संवेदनशील कार्यमा हामी सबै जनाको सहयोग आवश्यक रहेको छ ।”रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार