आज उपाधिको लागि नेपाल र ओमान भिड्दै

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको उपाधिका लागि नेपालले आज ओमानको सामना गर्दैछ । नेपाल र ओमानबीचको खेल आइतबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

विश्वकपमा पुगेपछि नेपाल र ओमान छनोट प्रतियोगिताको उपाधिका लागि खेल्न लागेका हुन् । एसिया क्षेत्रबाट यसपटक नेपालले यूएईलाई ८ तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै २०२४ को जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाए ।

Dengue

अब यी दुई टिम छनोट प्रतियोगिताको फाइनल पनि जित्दै सुखद अन्त्य गर्न चाहन्छन् । नेपालले समूह चरणमा तीनमध्ये दुईमा जित र एक खेलमा पराजय बेहोर्‍यो । नेपालले ग्रुप स्टेजमा सिंगापुरलाई ८ तथा मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपाल समूह चरणको अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भयो । त्यसका बाबजुद नेपालले सेमिफाइनलमा यूएईविरुद्ध ८ विकेटको सानदार जित निकाल्दै दोस्रोपटक विश्वकपमा स्थान बनाउन सफल भयो ।

नेपाल छनोट प्रतियोगिताको फाइनलमा ओमानसँग समूह चरणको हारको बदला लिँदै ट्रफी घरमै राख्न चाहन्छ ।

ओमान भने अपराजित यात्रा कायमै राख्दै ट्रफी हात पार्ने दाउमा छ । उसले जारी प्रतियोगितामा चार खेल खेल्दा सबैमा जित निकालेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हेड टु हेड हेर्दा ओमानमाथि नेपाल हाबी छ ।

हालसम्म नेपाल र ओमानले ५ टी–२० खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले तीन र ओमानले दुई खेल जितेको छ । ओमानविरुद्ध नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार