डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ भीमदत्त राजमार्गअन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षका सालिन राना मास्केमगरको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

Dengue

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार ट्याक्टरमा २५ जना मजदुर सवार थिए । उनीहरू १९ जना घाइते भएका छन् भने अन्य ५ जना सकुशल छन् । घाइते भएकाहरूलाई थप उपचारका लागि धनगढी ल्याइएको छ । उनीहरू मध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । १४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार