काठमाडौँबाट धादिङ आउँदै गरेको कार नागढुंगामा दुर्घटना, बैतडीका तीनजना घाइते

काठमाण्डौ, ३ कार्तिक । काठमाडौँबाट धादिङतर्फ आउँदै गरेको कार नागढुंगामा दुर्घटना हुँदा बैतडीका तीनजना घाइते भएका छन् । बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट तल खस्दा ३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा बैतडी घर भएका भवानसिंह रावल, उनकी पत्नी वसन्तीकुमारी रावल र छोरा सिरिस रावल रहेका छन् । इतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार