दशैँमा घर फर्कनेको सङ्ख्या बढ्यो, ठगिबाट बच्न काउन्टरबाट मात्रै टिकट काट्न आग्रह

धनगढी, २८ असोज । हिन्दुहरुको महान चाड वडादशैँ आइतवार (आज) बाट सुरु भएको छ । दशैँमा जन्म भूमि जान भारत तथा देशका अन्य क्षत्रबाट सुदूरश्चिमा पहनडी जिल्ला जानको लागी यात्रुहरुको निकै चाप बढेको छ ।

धनगढीबाट पहाडी जिल्लासम्म जान शुक्रवारदेखि सुदूरपश्चिमका यातायात प्रालिहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले धनगढीबाट पहाडी जिल्लाका लागि अग्रिम बुकिङ खुला गरिएको बताए ।

Dengue

उनले यात्रुहरुको चाप बढेका हुदा सवारी साधन थपेको र अझै थप गर्नुपर्ने देखिएको उनले जानकारी दिए । दशैँ र तिहारमा यात्रुको सङ्ख्या धेरै हुने भएपछि ठगिने डर पनि हुन्छ । यात्रुबाट यातायातको भाडा महँगो असुल गर्ने, यात्रा सुरक्षित नहुने जोखिम पनि हुन्छ।

काउन्टर भन्दा बाहिर बिचौलियाहरू पनि हुने जोखिम समेत हुन्छ । यात्रुको सङ्ख्या धेरै भएको समयमा यात्रु ठगिने जोखिम हुने भन्दै काउन्टरबाट मात्र टिकट खरिद गर्न र बस नम्बरसमेत एकिन गर्न व्यवसायीहरूको आग्रह छ । उनले आधिकारिक काउन्टरबाट गाडी नम्बरसहितको टिकट लिनु आग्रह गरेका छन् ।

बाहिर बिचौलियाहरू रहेको सुन्नमा आएको उनको भनाई छ । दशै, तिहार तथा छठका लागि भारतसहित देशका विभिन्न क्षेत्रबाट सुदूरपश्चिम फर्सिनेको संख्या बढेको छ । यात्रुको सङ्ख्या बढेसँगै व्यवसायीहरूले सार्वजनिक यातायातको सङ्ख्यासमेत थप गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार