धनगढी, २२ असोज । धनगढीमा एसईई आईडल–३ हुने एको छ । प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.को आयोजनामा एसईई आईडल–३ हुने भएको हो ।
सो आइडलको हस्पिटालिटी पार्टनरका रुपमा धनगढीको होटल डिभोटी जोडिएको छ । एसईई आईडल–३ आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश बहादुर छेडाल र होटल डिभोटीका जनरल म्यानेजर हरिष भण्डारीका बिचमा आज प्रायोजन सम्बन्धि सम्झैता पत्रमा हस्ताक्षर भएको हो ।
एसईई आइडल ३ मा सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता हुने छ । समाजमा हुने गरेका सकारात्मक काम सहयोग पुर्याउनु हरकको कर्तव्य भएकाले होटल डिभोटी पनि यश कार्यक्रममा जोडिएको जनरल म्यानेजर भण्डारीले बताए ।
एसईई आईडलका सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका २५ बढी स्थानहरुमा अडिसनहरु आयोजना हुने छन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् ।यस बर्षको असोज देखि फाल्गुण सम्म सुदूरपश्चिम प्रदेशमा नौ वटै जिल्लाा अडिसन प्रतियोगिताहरु संचालन हुने आयोजक समितिले जनाएको छ ।
जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् । दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउने आयोजकले जनाएको छ । फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन् ।
दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ५०–५० हजार नगद र रु. २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।
प्रतिक्रिया दिनुहोस्