इजरायलमा आक्रमणबाट ज्यान गुमाएका १० जनाको शव नेपाल ल्याउने तयारी

धनगढी, २२ असोज । इजरायलमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीको ज्यान गएको छ । इजरायलस्थित नेपाली दूतावासले मृत्यु भएका १० जना नेपालीको शव नेपाल ल्याउने तयारी थालिएको जनाएको छ ।

शव नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले आइतबार राती एक विज्ञप्ति जारी गर्दै इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने जनाएको छ ।

Dengue

दूतावासले इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा र त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकता अनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशन दर्ता गर्न अनुरोध गरेको छ । दर्ताका लागि दूतावासले उपलब्ध गराएको लिंकमा गएर आफ्नो विवरण राख्न भनेको छ ।

साथै, दूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न पनि अनुरोध गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) इजरायलका अध्यक्ष कृष्ण भण्डारीले दिएको जानकारीअनुसार, हमासको आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया–३ का आशीष चौधरी, दार्चुला लेकमा–५ का दीपेशराज विष्ट,

दार्चुला मालिकार्जुन– ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, धनुषा सपाही– ६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनली–३ का राजन फुलारा, डोटीकै लमिखाल–८ का पदम र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् ।

अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा–२ का विधान सेजवाल, दाङ दङ्गिशरण–३ का प्रवीण डाँगी, कैलाली टीकापुर–९ का धनबहादुर चौधरी, गोरखा–८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त–३ का विपिन जोशी छन् ।

सल्यान त्रिवेणी–१ का प्रमोद केसी बोस कस्टडी (रोजगारदाता किसानको संरक्षणमा) र कैलाली भजनी त्रिशक्ती–४ का वीरेन्द्र चौधरी प्रहरी कस्डडीमा सुरक्षित छन् । १७ जना नेपाली विद्यार्थी रहेको सेदोत नेगेभमा हमासको आक्रमणपछि हिजो १७ मध्ये १२ नेपाली विद्यार्थी सम्पर्कविहीन थिए ।

तीमध्ये १० जनाको मृत्यु भएको अध्यक्ष भण्डारीले बताए । प्रभावित सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत (टिकापुर बहुमुखी क्याम्पस ) का रहेको बताइएको छ । इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन् । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका हुन् ।

त्यसमा पनि प्रभावित १७ जना सुदूरपश्चिम विश्वविद्यालयकै हुन् । इजरायल प्यालेस्टाइनको हमास समूहको युद्धमा परी ६ सय भन्दाबढी इजरायलीको मृत्यु भइसकेको छ भने एक सय भन्दा बढी व्यक्ति अपहरणमा परेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार