कञ्चनपुरमा मसाज सेन्टरमा अनैतिक कार्य, १७ जना पक्राउ

धनगढी, २२ असोज । कञ्चनपुरमा मसाज ‘स्पा’ सेन्टरहरूमा अनैतिक क्रियाकलाप गरिरहेका १७ जना पक्राउ परेका छन् । प्रहरीले आइतवार छापा हान्दा कर्मचारीसहित १७ जना पक्राउ परेका छन्।

जिल्लाको महेन्द्रनगरमा सञ्चालनमा रहेका (स्पा) मसाज सेन्टरहरूमा आइतवार प्रहरीले छापा हान्दा कर्मचारीसहित १७ पक्राउ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी पुष्कर राज पन्तले बताए । प्रहरी टोलीले छापा हान्दा मसाज गराउन आएका केही ग्राहक नग्न अवस्थामा भेटिएका बताइएको छ ।

dashain shuvakamana
Discovery School

महेन्द्रनगरका केही समाज सेन्टरमा यसरी युवती मार्फत नाङगै भएर मसाज गराउने कार्यले यौनजन्य गतिबिधी भईरहेको प्रहरीले जनाएको छ। प्रहरी सुचना अधिकारी पन्तले चार मसाज सेन्टरमा छापा मारेको बताए ।

उनका अनुसार भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको ग्ल्यामर र भीमदत्त नगरपालिका–५ बनखेतको कोहिनुरबाट अनैतिक क्रियाकलाप गरिरहेका ग्राहक फेला पारेको थियो। यस्तै भीमदत्त नगरपालिका–५ बनखेतको ग्ल्यामर र भीमदत्त नगरपालिका–६ ऐठपुरको डाईमण्ड स्पामा छापा हानेको थियो।

सुचना अधिकारी पन्तले रामसिह विष्ट संचालक रहेको बनखेतको महेन्द्रनगरकै ग्ल्यामर स्पाबाट १ महिला २ जना पुरूष, नरेन्द्र शाह संचालक रहेको कोहिनुर स्पाबाट म्यानजेर दया भट्ट सहित सहित ७ महिला, ८ भारतिय पुरुषलाई पक्राउ गरिएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार