दार्चुला, २० असोज । दार्चुलामा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको नौगाड गाउँपालिका नौगाड–१ दल्याडकी ३२ वर्षीया रेवती ठगुन्ना भीरबाट शुक्रवार लडेर घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । मृतक ठगुन्नाका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्