बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति फरी दुई पटक भूकम्पको धक्का

बझाङ, १९ असोज । बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्पको धक्का लागेको छ । गए राति १० बजेर ५२ जिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ बजेर २३ जिनेटमा फेरी चैनपुर केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो ।

dashain shuvakamana
Discovery School

दोस्रोपटक ३ बजेर ६ जिनेटमा बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ बजेर १३ मिनेटमा चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३ बजेर ४५ मिनेटमा सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो।

उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । भने सयौँ घरमा क्षति पुगेको थियो । नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार