धनगढीबाट मुक्तिनाथ हिँडेका दुई जना बेपत्ता

कैलाली: धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्ध वृद्धासँगै स्वयंसेवकका रूपमा गएका दुई जना तीर्थयात्री देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको छ ।

लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रूपमा मुक्तिनाथ यात्रामा गएका भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलनचोक घर भएका १७ वर्षीय पङ्कज दाहाल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

बेपत्ता दाहाल र अधिकारीको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता पण्डितले बताए। धनगढी उपमहानगरपालिकाले १९० जना वृद्ध वृद्धालाई मुक्तिनाथ यात्राका लागि आइतबार पठाएको थियो। धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको जनाइएको छ । गोरखापत्रबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार