केजिष्टले मनायो विश्व पर्यटन दिवस

धनगढी, १० असोज । धनगढी रातोपुलमा रहेको केजिष्ट होटेल म्यानेजमेन्ट इन्सिच्युटले विश्व पर्यटन दिवस मनाएको छ । केजिष्टले बुधबार वकृत्वकला कार्यक्रमको आयोजना गर्दै विश्व पर्यटन दिवस मनाएको हो ।

नेपाल पर्यटन सम्भाव्यताको भूमी शिर्षकमा आयोजित प्रतियोगितामा प्रज्वल रावल प्रथम भएका छन् । १५ जना सहभागी आन्तरिक प्रतिस्पर्धामा दीपक विक द्वितीय र कविराज बोहरा तेस्रो भएका छन् । सहभागी तीनै जनाले टोकन अफ लव प्राप्त गरे ।

Dengue

विद्यार्थीहरुको सक्रिय सहभागिता उत्साहजनक रहेको केजिष्टका एकेडेमिक हेड सन्दीप पाण्डेले जानकारी दिए ।

विगत १२ वर्षदेखि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धि विविध दिवसहरु केजिष्टले मनाउँदै आएको छ । उक्त परम्परालाईं निरन्तरता दिदैँ यसवर्ष पनि पर्यटन दिवस मनाइएको एकेडेमिक हेड पाण्डेय बताए । यस खाले अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुगेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि एसपीए कलेजका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारी, केजिष्टका व्यवस्थापक गोपालबहादुर धामी, संयोजक सम्राट बुढामगर, सेफ राजन खड्का, मार्केटिङ प्रमुख भक्तबहादुर जोरा, लेखापाल धिराज बोगटीलगायतको उपस्थिति थियो ।

२०६८ सालदेखि होटेल म्यानेजमेन्ट र डिप्लोमा कोर्षहरुमार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको केजिष्ट सुदूरपश्चिममै हस्पिटालिटी क्षेत्रमा अग्रिणी संस्था हो ।

केजिष्टमा अध्ययनरत् विद्यार्थीहरु हालसम्म मलेसिया, दुबईं, जोर्डन, कुवेत, भारत र नेपालका स्टार होटलहरुमा रोजगारीमा कार्यरत छन् ।

केजिष्टमा मलेसियन इटीभीए र नेपालको सिटीईभिटीका २ वर्षे होटेल म्यानेजमेन्ट तथा डिप्लोमा कोर्षहरु सञ्चालनमा छन् ।

साथै हस्पिटालिटी क्षेत्रमा करिअर बनाउँन चाहने विद्यार्थीहरुका लागि केजिष्टमा २ वर्षे होटेल म्यानेजमेन्ट तथा डिप्लोमा कोर्षहरु धमाधम भर्ना भइरहेको पाण्डेयले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार