सेती नदीमा बगेर एक जना बेपत्ता

धनगढीः सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन्।

मंगलवार दिउँसो डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा बगेर बेपत्ता भएका हुन्।

पुजारा केदारस्युँ गाउँपालिका–१ को देउरा बजारबाट घर फर्किने क्रममा सेती नदी र कालङ्गा नदीको दोभान नजिकै किनारामा पानी खान जाने क्रममा चिप्लेर सेती नदीमा बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी चौकी रायल बझाङबाट प्रहरी टोली खटिई पुजाराको खोजतलासका गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार