कञ्चनपुरका नदीमा डुबेर एक युवक बेपत्ता

कञ्चनपुरः नदीमा डुबेर कञ्चनपुरका एक युवक बेपत्ता भएका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-४ स्थित महाकाली नदीमा नुहाउने क्रममा सोही नगरपालिका वडा नम्बर-२ बस्ने १७ वर्षीय निरज पुजारा शनिवार साँझ डुबेर बेपत्ता भएका हुन्।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट प्रहरी टोली खटिई निरजको खोजतलास तथा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार