२४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः वरपिपल, ईलाईट र ३ नम्बर वडा कार्यालय विजयी

कैलाली: कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फका खेलहरुमा वरपिपल युवा क्लब, ईलाईट युवा क्लब र कैलारी गाउँपालिका वडा नम्बर ३ को कार्यालय विजयी भएका छन् । पहिलो खेलमा जित हात पारेसँगै तीन वटै क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् ।

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको पहिलो खेलमा वरपिपल युव क्लब विजयी भयो । वरपिपलले न्यु युवा सुन्दर शक्ती क्लबलाई हरायो । निर्धारित समयमा बराबरी खेलेका दुबै टोली बीच टाईब्रेकरबाट निर्णय लिदा वरपिपलले बाजी मार्यो ।

Dengue

पुरुष तर्फको दोस्रो खेलमा ईलाईट विजयी भयो । ईलाईटले वेली युवा क्लबलाई हरायो । ईलाईटले बेलीमाथि ३–१ को जित दर्ता गर्यो । कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँको खेल मैदानमा भईरहेको प्रतियोगिताको पुरुष तर्फको तेस्रो खेलमा कैलारी गाउँपालिका वडा नम्बर ३ को कार्यालयको टीम विजयी भयो । वडा नम्बर ३ ले कमल युवा क्लबलाई हरायो । वडा नम्बर ३ ले कमल युवा क्लबमाथि १–० को जित हात पार्यो ।

नकआउटका आधारमा भईरहेको प्रतियोगिताको पुरुष तर्फ २५ टीमको सहभागीता रहेको छ भने महिला तर्फ ६ टीमको सहभागीता रहेको छ । पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए । यस्तै महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन् ।

प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि।स। २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार