घरमा अपनाउनुहोस् यस्तो विधि, सधैं सुख शान्ति हुनेछ

सुख शान्तिका लागि तपाईको व्यवहार राम्रो हुनुका साथै घरको वास्तु मिलेको हुनु जरुरी हुन्छ । घरमा वास्तुका कारण पनि अनेक समस्या उत्पन्न हुने गर्छन् । घर बनाउनुभन्दा अगाडि वास्तुका अनुसार नापनक्शा गर्नु पर्छ । घर डिजाइन गर्ने आर्किटेक्टलाई वास्तु अनुसार घरको नक्शा डिजाइन हुनुपर्ने जानकारी गराउनुपर्छ ।
घर र कोठामा निम्नननुसारको वास्तुविधि अपनाए तपाईको घरमा सुख शान्ति हुनेछ,

– घरको मुलढोका दक्षिणतिर मोहडा बनाउनु हुँदैन ।

Dengue

– घरको मुलढोकामा ऊँ को स्वस्तिक आकृति राख्नुपर्छ । यसले नकारात्म तरंगहरू घरभित्र प्रवेश गर्न पाउँदैन् ।

– घरको पूर्वदिशामा पानी भरेर कलश राख्नुपर्छ । यसले समृद्धिको संकेत गर्छ ।

– घरको झ्यालढोकाको निर्माण गर्दा सूर्यको किरण लामो समयसम्म कोठामा रहने गरी निर्माण गर्नपर्छ । यसले घरमा बिरामी रोगबाट मुक्ति मिल्ने गर्छ ।

– परिवारमा हुने झगडा कलहको शान्तीको लागि ड्राइंग रूममा फूलदानी राख्नुपर्छ ।

– भान्साकोठामा पूजा सामाग्री वा देवीदेवताका मूर्ति राख्नु हुँदैन ।

– बेडरूममा देवीदेवता वा भगवानको तस्वीर भित्तामा टाँस्नुहुँदैन् । धार्मिक आस्थासँग जुडेका कुनै पनि सामाग्री बेडरूममा राख्नु हुँदैन् । तर प्राकृतिक सुन्दरता लगायतका तस्वीर भने राख्न सकिन्छ ।

– पुजाकोठा शौचालयको नजिक कहिले पनि राख्नु हुँदैन् ।

– घरमा छिर्ने बित्तिकै शौचालयको निर्माण गर्नु हुँदैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार