संविधान दिवस २०८० को अवसरमा बैतडीमा खुल्ला ब्याटमिन्टन प्रतियोगिता हुने

बैतडी: संविधान दिवस २०८० को अवसरमा बैतडीमा खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्वय र सहजीकरणमा असोज १ गतेदेखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने जोडीले १५ हजार, द्वीतियले १० र तृतीयले ५ हजार पुरस्कार पाउने कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

Dengue

सहभागी हुन चाहनेले भदौ ३१ गते बेलुका ५ बजेसम्म टोली गर्दा गराउनसक्ने जनाइएको छ। टिम दर्ता शुल्क एक हजार राखिएको छ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु जिल्ला प्रशासन कार्यालयमा रहेको जगन्नाथ ब्याडमिन्टन कोर्टमा सञ्चालन हुने कर्मचारी मिलन केन्द्र बैतडीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार