हिमान्सीले मनाइन दृष्टि फाउन्डेसनका ६० जना असहायहरू माझ जन्मदिन

धनगढी: सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीमा कक्षा ६ मा अध्ययनरत हिमान्सी सिंहले धनगढी १३ स्थित दृष्टि फाउन्डेसनका ६० जना असहायहरू माझ जन्मदिन मनाएकी छन् ।

मङ्गलवार १३औँ जन्मोत्सवको अवसरमा सिंहले दृष्टि फाउन्डेसनमा रहेका ६० जना असहायहरूलाई एक छाक खाना खुवाएर जन्मोत्सव मनाएकी हुन् सानैदेखि सामाजिक कार्यमा रुचि राख्ने हिमान्सी भड्किलो बर्थडे पार्टीभन्दा असहायलाई सहयोग गर्न पाउँदा खुसी हुन्छिन् । 

dashain shuvakamana
Discovery School

घरमा कोही माग्न आए पनि उनले केही न केही दिएर पठाउन पाउँदा खुसी हुने र सद्भाव सहित खुसी बाँड्न रुचाउने उनको इच्छालाई मध्यनजर गर्दै यस अघि पनि धनगढीकै आमाको माया छात्रावासमा सिंह परिवारले हिमान्सीको जन्मदिन मनाएका थिए । भने त्यो भन्दा पहिलेका जन्मोत्सवमा पनि हरेक जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारका बालबालिकालाई सहयोग गर्दै हिमान्सीको खुसीमा परिवारले साथ दिँदै आएको छ ।

उक्त सत्कर्मका क्रममा दृष्टिफाउण्डेसनमा सहभागी हिमान्सीका बुबा हरेन्द्र बहादुर सिंह, आमा उत्तरा बम सिंह र दाइ हार्दिक सिंहले हिमान्शुको रुचि बाट आफूहरू प्रभावित र निकै खुसी भएको व्यक्त गर्दै उनको खुसीलाई सदैव कदर गर्दै आगामी दिनहरूमा पनि जन्मदिनलाई पश्चिमा करण नगरी, भड्किलो नबनाई, अनावश्यक खर्चलाई जोगाएर सामाजिक कार्यमा योगदान सक्दो गर्ने बताएका छन् ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार