अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो ।

Dengue

लगत्तै प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिएका छन् । ‘प्रधानमन्त्रीले त्यही छलफलमा प्रतिवद्धता जनाउनु भएको थियो, त्यसअनुसार मुख्य सचिवलाई निर्देशन दिनु भएको छ,’ स्रोतले भन्यो ।

यससँगै प्रधानमन्त्रीका सल्लाहकारुको भ्रमण रोकिएको छ । यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार