धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन ।
जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट ९ दशमलव ४२ ग्राम लागुऔषध खैरो हिरोइन सहित सोही नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय हरिश रेग्मी लाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी गस्ती टोलीले सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका रेग्मी सडक डिभिजन कार्यालय अछामका सब इन्जिनियर हुन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दनुहोस्