मोहना नदीको कटान नियन्त्रण गर्न माग

धनगढी: कैलालीको भजनी नगरपालिका–५, पगियापसारवासीले मोहना नदीले खेतीयोग्य जमिन काटन गर्दै आएपछि यस समस्याको दीर्घकालीन समाधान तथा कटान नियन्त्रण गर्न माग गरेका छन् । नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दा धान खेतमा ठुलो क्षति पुगेको भनाइ स्थानीयवासीको छ । उनीहरूले कटान नियन्त्रणको माग गरेका छन् । त्यसका लागि बलियो भौतिक तटबन्ध बनाउनुपर्नेमा स्थानीयको जोड छ ।

“जैविक तटबन्धले कटान रोकिएन,” स्थानीय सरस्वती बुढाले भनिन, “कटान रोक्न यहाँ बलियो तटबन्ध बनाउनु पर्छ, दिगो र टिकाउ हुनु प(यो ।” यसअघि नदीको कटान नियन्त्रणका लागि जैविक तटबन्ध बनाइएको थियो तर मोहना नदीको बाढीलाई त्यो तटबन्धले थेग्न सकेन । अलि अलि कटान रोकिए पनि फेरि पछि पुरानै हालत भएको बुढाले बताइन। नदीले जमिन कटान गरेका कारण वर्षमा तीन महिना पनि खान नपुग्ने गरेको उनले दुःखेसो गरिन। “उर्वर जमिन कटान र बाढीले गर्दा भोकमरीको समस्या छ । वर्षमा तीन महिना पनि खान पुग्दैन,” सरस्वतीले भनिन् । पगियापसार गाउँ २०२८ सालतिर बसेको हो । त्यो बेला मोहना नदी निकै पर थियो ।

Dengue

अहिले कटान गर्दै नदी पगियापसार गाउँसम्मै पुगिसकेको छ । बर्सेनि नदीले कटान गर्दै गएपछि कैयौँ परिवार विस्थापित भएका छन् । स्थानीय गगन बुढाका अनुसार खेतीयोग्य जमिन कटान गर्दै नदी गाउँसम्मै पुगेको छ ।

नदी कटान नियन्त्रणका लागि आफूहरूले केन्द्र, प्रदेश र स्थानीय नेताहरूलाई पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो उनले गरिन । “कटान अहिलेदेखिको होइन, पहिलेदेखि कटान भइरहेको छ,” उनले अगाडि थपिन।

कैलाली क्षेत्र नम्बर ३ मा पर्ने भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले सरकार चलाइरहेको छ । यसै गरी सो ठाउँबाट प्रदेश र सङ्घमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारले जित्नुभएको थियो ।

तीनै तहको सरकारमा अहिले सो पार्टी सामेल रहेकाले यस पटक कटान नियन्त्रणका लागि तटबन्ध हुनेमा पगियापसारवासी अझ बढी आशावादी देखिएका छन् तर अपेक्षा अनुसार काम हुन सकेको छैन ।

सो क्षेत्रबाट निर्वाचित भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीले मोहना नदीमा कटान नियन्त्रणका लागि तटबन्ध बन्ने बताए ।

“पगियापसार नेपाल–भारत सीमा क्षेत्रमा पर्छ,” उनले भने, “त्यस ठाउँमा सीमा विवाद रहेकाले विवादित भूमिबाहेकका ठाउँमा जनताको तटबन्ध कार्यव्रmम अन्तर्गत तटबन्ध बन्छ ।” तटबन्ध बनाउन आवश्यक कागजात पु(याइसकेको सदस्य चौधरीले बताए । गोरखापत्र

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार