काठमाडौँ: सन् २०२६ को फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले शानदार सुरुवात गरेको छ ।
शनिबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ५-१ गोलअन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २-२ गोल तथा राफिन्हाले एक गोल गरे । बोलिभियाका लागि भिक्टर अब्रेगोले एक गोल फर्काए ।
अर्को खेलमा उरुग्वेले चिलीलाई ३-१ ले पराजित गरे । उरुग्वेका लागि निकोलास डी ला क्रुजले २ तथा फेडेरिक भाल्भेर्डेले एक गोल गरे ।
चिलीका लागि आर्टुरो भिडालले एक गोल फर्काए ।
प्रतिक्रिया दिनुहोस्