थाइल्याण्डले दियो नेपाललाई १०६ रनको लक्ष्य, विजेता टिम विश्वकप छनोट खेल्ने

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनल खेलमा थाइल्याण्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।

उसका लागि नन्नपत कोन्चरोएनकाईले अर्धशतकीय पारी खेलिन् । ६३ बलको सामना गरेकी उनले ४ चौकाको मद्दतमा अविजित ५९ रन बनाइन् । यस्तै, नाथकन चन्थमले ३१, चनिदा सुथिरुङले अविजित ११ र सुवानन खियाओटाले दुई रन जोडे ।

Dengue

नेपालका लागि कविता कुँवर र पूजा महतोले मात्र एकरएक विकेट लिन सकेन । नेपाल आज थाइल्याण्डविरुद्ध ऐतिहासिक जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ ।

नेपालले हालसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । थाइल्याण्ड नेपालविरुद्धको जित यात्रा कायमै राख्दै फाइनलको टिकट सुरक्षित गर्ने योजनामा छ ।

आजको विजेता टिमले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टी–२० छनोट खेल्न पाउनेछ । नेपाल हालसम्म ग्लोबल छनोटमा पुग्न सकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार