थाइल्याण्डविरुद्ध फिल्डिङमा नेपाल, पहिलो ओभरमै सफलता

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनल खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । पहिले फिल्डिङ गर्ने निर्णय सही साबित गर्दै नेपालले पहिलो ओभरमै सफलता प्राप्त गर्‍यो ।

नेपाललाई पहिलो सफलता पहिलो ओभरको चौथोब बलमा तीव्र गतिकी बलर कविता कुँवरले दिलाइन् । उनले थाइल्याण्डकी विकेटकिपर तथा ओपनिङ ब्याटर सुवानन खियाओटोलाई २ रनमै पवेलियनको दिशा देखाइन् ।

Dengue

थाइल्याण्डले यो समाचार तयार पार्दासम्म ५ ओभरमा महत्वपूर्ण एक विकेट गुमाएर ८ रन बनाएको छ । नेपाल आज थाइल्याण्डविरुद्ध ऐतिहासिक जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ ।

नेपालले हालसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । थाइल्याण्ड नेपालविरुद्धको जित यात्रा कायमै राख्दै फाइनलको टिकट सुरक्षित गर्ने योजनामा छ ।

आजको विजेता टिमले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टी–२० छनोट खेल्न पाउनेछ । नेपाल हालसम्म ग्लोबल छनोटमा पुग्न सकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार