पब्जी विश्वकपका लागि एक कदम नजिक नेपाली टिम

काठमाडौँ: ‘पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ बाट नेपाली टिम एक कदम मात्र टाढा रहेका छन् । अहिले चल्दै गरेको पब्जीको दक्षिण एसिया स्तरको ठूलो प्रतियोगिता पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३ को फाइनलमा पुगेसँगै पीएमजीसीको यात्रा झनै नजिक देखिएको हो ।

नेपालबाट पीएमपीएल साउथ एसिया च्याम्पियनशिप फल २०२३ खेलिरहेका पाँच टिम नै लिग चरणमा राम्रो प्रदर्शन गर्दै फाइनलको यात्रा बनाउन सफल भएका हुन् । नेपालबाट ‘रअ ई-स्पोर्ट्स’, ‘टीटूके ई-स्पोर्ट्स’, ‘लियो ई-स्पोर्ट्स’, ‘डीआरएस गेमिङ’ र ‘स्काइलाइट गेमिङ’ले यो प्रतियोगिता खेलिरहेका छन् ।

Dengue

‘डीआरएस गेमिङ’ १६ गेममा पाँच गेममा चिकेन डिनर र ९३ एलिमिनेसन पोइन्ट सहित १६४ पोइन्ट ल्याएर अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा पनि नेपाली टिम ‘रअ ई-स्पोर्ट्स’ रहेको छ । उसले तीन चिकेन डिनर र १५१ एलिमिनेसन पोइन्ट सहित १५१ पोइन्ट बटुलेको छ ।

यो प्रतियोगितामा ‘डीआरएस’ सँगै ‘रअ ई-स्पोर्ट्स’को पनि गन चलेको छ । यस्तै अन्य नेपाली टिमको कुरा गर्दा ‘टीटूके ई(स्पोर्ट्स’ पाँचौ, ‘लियो ई-स्पोर्ट्स’ सातौँ र ‘स्काइलाइट गेमिङ’ १३औं स्थानमा रहेका छन् ।

दक्षिण एसियाली क्षेत्रको प्रतियोगितामा सधैजस्तो राज गर्ने मङ्गोलियन टिमहरू भने लिग चरणमा खासै चल्न सकेनन् । जसको फाइदा पूरै नेपाली टिमले उठाएका छन् ।

यो प्रतियोगिताको फाइनलको खेल ३१ अगस्ट देखि ३ सेप्टेम्बरसम्म चल्नेछ, जसमा शीर्ष चारभित्र रहने टिमले ‘पीएमजीसी २०२३’ मा स्थान बनाउने छन् ।

यो प्रतियोगिता खेल्दै गरेको दुई टिम ‘स्टलवार्ट ई(स्पोर्ट्स’ र ‘एगोनआइएट’ ‘पीएमजीसी २०२३’ को लागि छनोट भइसकेका छन् । त्यसैकारण यी दुई टिम शीर्ष चारभित्र परेमा पनि अन्य दुई टिम पीएमजीसीको लागि छनोट हुनेछन् । समग्रमा यो प्रतियोगिता खेल्दै गरेका ६ टिमले पीएमजीसी खेल्न पाउनेछन् ।

नेपाली टिमले पनि लिग चरणमा गरे जस्तो प्रदर्शनलाई दोहोर्‍याउन सकेमा पक्कै पनि केही नेपाली टिम पनि पीएमजीसी खेल्न छनोट भएको हामीले देख्न पाउने छौँ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार