सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

काठमाडौं: क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुँदैछ । मुद्दाको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । मुद्दा इजलासमा पेशी तोकिएकामध्ये पाँचौं नम्बरमा छ ।

लामो समयदेखि पटक–पटक स्थगित हुँदै आएको मुद्दामा पछिल्लो पटक न्यायाधीशले पीडित गौशाला २६ की आमाको जन्ममिति स्पष्ट हुने कागज मगाउँदै स्थगित गरेका थिए ।

Dengue

उक्त कागज पेश भएपछि आज मुद्दाको पेशी तोकिएको हो । मुद्दाको टुङ्गो छिटै लाग्ने अपेक्षा गरिएको छ तर आज मुद्दा लम्बिए सन्दिप आजै बेलुकी पाकिस्तान जान सक्छन् ।

सन्दिप एसिया कप खेल्नको लाहि पाकिस्तान जाने तालिका तय छ । एसिया कप ३ दिनपछि सुरु हुँदैछ र प्रतियोगिताको पहिलो खेल नै नेपालले पाकिस्तानविरुद्ध खेलेर सुरु हुनेछ ।

गौशाला–२६ ले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार