पहिरोले थुनियो कैलालीको चुरेमा रहेको भासु खोला

धनगढी: कैलालीको चुरे गाउँपालिका– ५, मैताडीमा पहिरोका कारण खोला थुनिएको छ। पहिरोले भासु खोला थुनिएर ताल बनेको स्थानीयले बताएका छन्।

खोला थुनिएपछि खरले छाएको एउटा गोठमा पानी पसेको र स्थानीय ११ वटा घर सामान्य जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।

उनले खोला थुनिएको ठाउँमा सुरक्षाकर्मीको टोली पुगेर खोल्ने काम गरिरहेको बताए। पहिरोले खोला थुनिएको ताल एकैपटक फुटे तल्लो क्षेत्रमा जोखिम हुन सक्ने बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार