नेपाली क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने

काठमाडौं: एसिया कप क्रिकेट खेल्नका लागि नेपाली क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार नेपाली टिमको भिजाको काम सकिइसकेको हुनाले जतिसक्दो छिटो टिमलाई पाकिस्तान पठाउने तयारी भइरहेको छ ।

Dengue

‘अहिले नै मिति निश्चित भएको छैन तर सम्भवतः २३ तारिख टिमलाई पठाउने तयारी रहेको छ’, विशेष स्रोतले भने ।

नेपाली टिमले एसिया कप अगाडि पाकिस्तानसँग केही अभ्यास खेल र तयारीका लागि टिमलाई १ हप्ताअघि नै पाकिस्तान पठाउने तयारी क्यानले गरेको हो ।

एसिया कप आउँदो अगष्ट ३१ बाट सुरु हुँदैछ । जसमा पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालका लागि क्यानले एसिया कपका लागि १७ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

टोलीमा रहेको सन्दीप लामिछानेको बलात्कार मुद्दाको पेसी सरेकाले उनी पाकिस्तान जाने नजाने अन्योल छ ।

एसिया कपका लागि नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार