भारतमा भारी वर्षाका कारण ५० जनाको मृत्यु

नयाँदिल्ली: भारतमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।

भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा भारी वर्षाका कारण ५० जनाको मृत्यु भएको हो । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ ।

Dengue

भारतीय मौसम विज्ञान विभागले राज्यमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरू बन्द गर्न आदेश दिएको छ । राज्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार राज्यमा सात सय ५२ सडक बन्द गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार