कैलालीको अत्तरियाबाट लागुऔषधसहित २ जना पक्राउ

अत्तरियाः कैलालीको अत्तरियाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाबाट इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको टोलिले अत्तरिया पहाड रोडस्थित एक होटलमा काम गर्ने बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ का १८ वर्षिय दिपेश धामीलाई पक्राउ गरेको थियो।

उनलाई थप सोधपुछ गर्दा गोदावरी नगरपालिका वडा नम्बर का ३६ वर्षिय बसन्त खत्री पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

धामीको साथबाट १६० मिलीग्राम लागुऔषध फेला परेको थियो। धामीले दिएको बयानका आधारमा पक्राउ परेका खत्रीको साथबाट ९८० मिलीग्राम लागुु औषध बरामद गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार